कैलालीको फल्टुडेका एक व्यक्तिको प्रहरीले जनै र टुप्पी काटिदिए पछि..............

कैलालीको फल्टुडेका एक व्यक्तिको प्रहरीले जनै र टुप्पी काटिदिए पछि..............

धनगढी : प्रहरी माथि सामान्य घरझगडाको बिषयमा पक्राउ गरिएका एक ब्यक्तिको धार्मिक आस्था बिपरित उनले लगाएको जनै र टुप्पी काटिदिएको आरोप लागेको छ । 

इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरिक्षक माधव बिश्वकर्मालाई घरमा श्रीमतीसित सामान्य झगडा भएपछि श्रीमतीको मौखिक उजुरीका आधारमा प्रक्राउ गरिएका चुरे गाउँपालिका–६ का मानसिंह धामीको जनै र टुप्पी काटिदिएको आरोप लागेको छ ।

हिरासतमा लगिएपछि आफुलाई शरीरमा लगाएका कपडा फुकाल्न लगाइ जनै काटिएको पीडित धामीले बताउनुभएको छ । साउन २० गते साँझ आफुलाई पक्राउन गरिएको र सोही राति जनै र अर्को दिन बिहान बाहिर बोलाएर टुप्पी काटिएको उहाँले बताउनुभयो । 

आफुले आाफ्नो धर्म र धार्मिक आस्थालाई बचाउइदिन पटक पटक आग्रह गर्दा पनि ड्युटीमा खटिएका प्रहरीले इन्स्पेक्टर विश्वकर्माको आदेश भन्दै जवर्जस्ती जनै चुडाल्ने र टुप्पी काट्ने काम गरेको उहाँले बताउनुभयो । 

आफुलाई पक्राउ गरिएको तेस्रो दिन दुई हजार ८ सय रुपैया तिराएर हिरासतबाट छोडिएको उहाँले बताउनुभयो । आफ्नो धार्मिक आस्था माथि प्रहार भएको भन्दै उहाँले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि प्रहरी निरिक्षक विश्वकर्माले माफी माग्ने र मिल्न आग्रह गरिरहेको समेत उहाँले बताउनुभयो ।

उहाँले नेपालको संविधानले सबैको धार्मिक स्वतन्त्रताको रक्षा गर्ने कुरा गरेकोले आफ्नो आस्था माथि प्रहार गर्ने प्रहरी माथि कार्वाही हुनुपर्ने उहाँको माग छ ।