प्रदेश सभाको बैठकमा केही ऐन संशोधन सम्बन्धी विधेयक माथि सामान्य छलफल

प्रदेश सभाको बैठकमा केही ऐन संशोधन सम्बन्धी विधेयक माथि सामान्य छलफल

धनगढी : सुदुरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७६ माथि सामान्य छलफल भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले प्रस्तुत गरेको बिचार गरियोस भन्ने प्रस्ताव पारित भएपछि विधेयक माथि सामान्य छलफल भएको हो ।

विधेयक माथिको सामानय छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काले प्रदेशको नाम ऐनहरुमा सुदूरपश्चिम प्रदेश नाम मात्रै राख्नका लागि गर्न लागिएको संशोधन विधेयकका लागि सरकारल प्रदेश सभालाई लामो समयसम्म स्थगित गरिराखेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

विधेयक माथिको छलफलमा नेकपाका सांसद महेश जोशीले बोल्दै प्रदेशको नामाकरण भएोले विधेयकहरुमा संशोधन आवश्यक रहेका कारण सरकारले विधेयक ल्याएको बताउनुभयो । विधेयक माथिको छलफल अघि शून्य समयमा बोल्दै नेकपाका सांसद जोशीले सुदरपश्चिम प्रदेशका सबै स्थानीय तहमा बैंकहरुके सेवा नपुगेका कारण स्थानीय तहहरुलाई काम गर्न असहज भइरहेकोले प्रदेश सरकारले बैंकहरुसित छलफल गरी सबै तहमा बैंकिङ सेवा पु¥याउन माग गर्नुभयो ।

शून्य समयमा नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काले डोटी जिल्लामा लगातार तीनवटा वडा कार्यालयमा आगजनी गरिएकोले जनतामा त्रास बढेको बताउनुभयो । बिप्लब समुहको नाम ती घटनासित जोडिएकोले अब हिंसा सहन नसकिने भएकोले सरकारले बिप्लव समुहसित बार्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद खड्काले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले पत्रकार दिल बहादुर छत्यालमाथि दुब्र्यवहार गरेको बिषय सञ्चार माध्यममा बाहिर आएकोले घटना घीनलाग्दो भएको बताउनुभयो । उहाँले यस विबषयमा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई जवाफ दिन माग गर्नुभयो । 

सांसद खड्काले पत्रकार माथि भएको दुब्र्यवहार प्रश्न गरेपछि विधेयक माथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शाहले सो बिबषयमा जवाफ दिन खोजेपछि उहाँले नै नियमापत्ति समेत गर्नुभयो । शुन्य समयमा सोधिएका प्रश्नको जवाफ सभामुखको रुलिङ अनुसार सदनमा छुट्टै समय लिएर दिनुपर्ने नियम छ ।

तर मन्त्री शाहले आइतबार विधेयम माथिको छलफलकै क्रममा जवाफ दिन खोजेपछि नियमापत्ति भएको हो । सांसद खड्काको नियमापत्ति पछि मन्त्री शाहले सो विषयमा कुरा राख्नुभएन ।

आइतबारको बैठकमा नेकपाका सांसद मान बहादुर सुनारले कञ्चनपुरको महकाली नगरपालिकाको नाम नगर सभाको निर्णय अनुसार दोधारा चाँदनी नगरपालिका राख्ने भनिए पनि संघीय सरकारले हाल सम्म कुनै निर्णय नदिएका कारण प्रदेश सरकारसित पहल गर्न माग गर्नुभयो ।

यस्तै राष्ट्रिय जनता पार्टीका सांसद मालामति राना थारुले जेठ २३ को हावाहुरी पिडीतहरुको राहत पाउन नसकेकोले सबैलाई क्षति अनुसार राहत दिन माग गर्नुभयो ।