बाल गायक अशोक दर्जीको नयाँ गित मन बिनाको धन ठुलो-२ “बा-आमा”…

बाल गायक अशोक दर्जीको नयाँ गित मन बिनाको धन ठुलो-२ “बा-आमा”…

सानै उमेर बाट नै निकै चर्चा कमाउन सफल भएका भाइरल वाल गायक अशोक दर्जी ‘मन बिनाको धन ठुलो’ भाग २ ‘बा आमा’ बजारमा आउने भएको छ ।  उक्त गीत मा शब्द सङ्गीत टंक बुढाथोकीको रहने छ ।

अशोक दर्जीको सर्वाधिक रुचाइएको पहिलो गीत ‘मन बिनाको धन ठुलो की- धन बिनाको मन’ बाट नै लाखौ दर्शक श्रोताले नजिक बाट नै चिन्ने अवसर पाए । अशोकको चर्चा सर्वाधिक भयो ।अशोक दर्जिको दोस्रो गीत “आमा भन्दा राम्री कोही छैन संसारमा” पनि निकै नै लोकप्रिय गीत हो ।

कसरी कसरी भाग २ बजारमा सार्वजनिक गरिसकेपछि यतिबेला टंक बुढाथोकी बा-आमा बोलको गीतको तयारीमा रहेको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् । प्रतीक्षा गरौ अशोक दर्जीको नयाँ गीत चाडै नै सुन्न पाइनेछ । अशोक यतिबेला पढाइमा व्यस्त रहेकाले केही समय ढिला हुन सक्ने सम्भावना देखिन्छ ।