उद्योग बाणिज्य संघ कैलाली र पोखराको टोली विच भेटवार्ता , पर्यटन प्रवद्धनका विषयमा छलफल

उद्योग बाणिज्य संघ कैलाली र पोखराको टोली विच भेटवार्ता , पर्यटन प्रवद्धनका विषयमा छलफल

पोखरा : कैलाली उद्योग वाणिज्यको टोली “पहिले देश, अनि विदेश” भन्ने नाराका साथ सुदूरपश्चिम भ्रमणको निम्तो दिने उदेश्यले पोखरा पुगेको टोलीलाई पोखरामा स्वागत गरिएको छ । साथै पोखरा उद्योग बाणिज्य संघको आथित्यमा आइतबार स्वागत तथा विभिन्न विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।  

उद्योग बाणिज्य संघ, पोखराका कार्यवाहक अध्यक्ष इन्दु सुबेदी कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुवँरले कैलाली तथा सुदूरपश्चिमका विभिन्न स्थान तथा व्यापारको अवस्था तथा गतिविधि बारे जानकारी गराउनु भएको छ । उहाँले भ्रमणको उदेश्यबारे पनि सहभागीलाई जानकारी गराउनु भएको छ । 

साथै संघका सचिव सिद्धराज पनेरुले पर्यटनमा सम्भावना र लगानीका विषयमा जिज्ञासा राख्दै सुदूरपश्चिममा आगमनका लागी आग्रह समेत गर्नुभएको छ । 

पोखरा आन्तरिक तथा वाह्य पर्यटकको पहिलो गन्तव्यको रुपमा रहेको हुदाँ सुदूरपश्चिममा पनि पर्यटकलाई आर्कषीत गर्न पोखराबाट धेरैकुरा सिक्न जरुरी रहेको सहभागीहरुको धारणा रहेको थियो । साथै त्यसका लागी वातावरण तयार गर्न आफुहरु तयार रहेको पोखरा उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष इन्दु सुबेदी कोइरालाले बताउनुभयो । 

छलफल कार्यक्रममा अन्तर उद्योग वाणिज्य संघको आन्तरिक तथा सचिवालय व्यवस्थापनका विषयमा समेत जिज्ञासा आदानप्रदान गरिएको थियो । भ्रमणको दोस्रो दिन आइतवार पोखरा तथा आसपासका क्षेत्रका संघहरु तथा सरोकारवाला विच भेटघाट तथा छलफलको आयोजना गर्ने कार्यक्रम रहेको छ ।