बैतडी समाजको रक्तदान कार्यक्रम सम्पन्न

बैतडी समाजको रक्तदान कार्यक्रम सम्पन्न

धनगढी : बैतडी समाज कैलालीले धनगढीमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा एक सय २२ जनाले रगत दान गरेका छन् ।

रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले १० महिला सहित एक सय २२ जनाले रगत दान गरेको बताउनुभयो । उनीहरुबाट एक–एक पिन्टका दरले एक सय २२ पिन्ट रगत संकलन भएको छ ।

बैतडी समाजले वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ। बैतडी पुख्यौली घर भई कैलालीमा बस्दै आएकाहरुले संगठीत भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न खालका सामाजिक कार्य गर्दै आएको छ ।

बैतडी पुख्यौली घर भई धनगढी बस्दै आएका चार जना सहोदर दाजुभाईले एकै पटक रक्तदान गरेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ वनकाँडाका चारजना दाजुभाईले संगै रक्तदान गरेका हुन्।

रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले लोकराज भट्ट, भोजराज भट्ट, हेमराज भट्ट र हरिश प्रसाद भट्टले संगै रक्तदान गरेको हुन् ।