मालदिभ्सकाे प्रिमियर लिगमा जम्दै विमल

मालदिभ्सकाे प्रिमियर लिगमा जम्दै विमल

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्ती मगरकाे गाेलमा टीसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा टीसीले निलान्धो स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गर्‍याे ।

टीसीको जितमा विमल घर्ती मगर र इशान इब्राहिमले एक-एक गोल गरे । ग्राण्डी विरूद्दकाे खेलमा पनि विमलकाे गाेलमा हार टारेकाे टिसीले निलान्धाे विरूद्दकाे जितमा पनि विमलकाे गाेलमा अग्रता बनाएकाे थियाे ।

खेलको १२ औं मिनेटमा विमलले गोल गर्दै टीसीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा इशानले गोल गर्दै टीसीलाई २-० ले अगाडि राखे ।

पहिलाे हाफमा नै टीसीले २ गाेलकाे अग्रता बनाएकाे थियाे । तर दाेस्राे हाफमा भने टीसीले थप गाेल गर्न सकेन । जसका कारण पहिलाे हाफमा गरेकाे २ गाेल नै पर्याप्त बन्याे । याे खेलमा विमल म्यान अफ् द म्याच समेत चुनिए ।

जितसँगै टीसीले ७ खेलबाट १२ अंक जोडेको छ । टीसी चौथो स्थानमा रहेको छ । पराजित निलान्धो ८ खेलमा अंकविहीन रहेको छ । निलान्धो पुछारबाट दोस्रो स्थानमा छ ।