बाघको छाला सहित शसस्त्र प्रहरी जवान पक्राउ

बाघको छाला सहित शसस्त्र प्रहरी जवान पक्राउ

दार्चुला : दार्चुलामा बाघको छाला सहित शसस्त्र प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहु गाउँपालिका वडा नम्बर २ हिकिलाका बर्ष २९ का दिपक बडाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बडाल ५० नम्बर गुल्म शसस्त्र प्रहरी कार्यालय दार्चुलामा प्रहरी जवान पदमा कार्यरत रहेका छन् । शुक्रबार बेलुकी ६ बजे तिर ब्रह्मदेब प्रहरी चौकी बाट खटी आएको टोलिले दुहु गाउँपालिकाको तिमुरपाटामा चेकजाँचको क्रममा साथमा रहेको झोला चेक गर्दा चरी बाघको छाला नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी दिए ।

पक्राउ गरिएको बाघको छालाको लम्बाइ ३९ इन्छ रहेको समेत उहाले बताए । प्रहरीको टोलीले जाँच गर्दा बाघको छाला जस्तो वस्तु सहित फेला पारेको जनाएको छ । साथै आवश्यक कारवाहिका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई बुझाइने प्रहरिले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।