मेस्सीको गोल सिजनकै उत्कृष्ट

मेस्सीको गोल सिजनकै उत्कृष्ट

बार्सिलोनाका कप्तान लियोनल मेस्सीको गोल च्याम्पियन्स लिग सिजन २०१८-२०१९ कै उत्कृष्ट भएको छ ।

मेस्सीले गएको सिजन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्धको पहिलो लेगमा फ्रि-किकमार्फत गरेको गोल नै सिजनको उत्कृष्ट भएको हो ।

मेस्सीको गोल समर्थकहरुको भोटका आधारमा उत्कृष्ट भएको हो । मेस्सीपछि रोनाल्डोको गोललाई सिजनको उत्कृष्ट गोलमा मनोनयन गरिएको थियो ।