नेपाल भलिबल टिमको घोषणा, को-को परे ?

नेपाल भलिबल टिमको घोषणा, को-को परे ?

 काठमाडौं ;  एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन प्रतियोगिताको लागि नेपाली राष्ट्रिय भलिबल टिमको घोषणा भएको छ ।

डच प्रशिक्षक हान एबिङले आज १४ सदस्यीय भलिबल टिमको घोषणा गरेका हुन् । प्रारम्भिक चरणमा २५ जना खेलाडीलाई क्लोज क्याम्पमा बोलाइएको थियो । २५ बाट १८ मा झारेर प्रशिक्षण दिदै आज अन्तिम टिमको टुंगो लगाइएको हो ।

छनोट हुने खेलाडीमा कप्तान इम राना, धनबहादुर भट्ट, कुलबहादुर थापा, राजेन्द्र विष्ट, टेकराज अवस्थी, विशाल विक र हरिबहादुर अधिकारी रहेका छन् । त्यस्तै, दिपकराज जोशी, इश्वर थापामगर, हरिहजर थापा, दुर्गा खड्का, राजकुमार निरौला, नरेन्द्र गिरि, विनोदबाहादुर चन्द रहेका छन् ।

टेकराज, राजेन्द्र र दुर्गा पहिलो पटक टिममा परेका हुन् ।

लगनखेलमा यहि भदौ २ गतेदेखि प्रतियोगिता सुरुहुदैछ । सात देशको सहभागिता रहने प्रतियोगितामा आयोजक नेपालसँगै तुर्कमिनिस्थान, किर्गिस्तान, उब्जेकिस्तान, अफगानिस्तान, बंगलादेश र माल्दिभ्स रहेका छन् ।