चोरीका मोटरसाइकल सहित कञ्चनपुरमा चार जना पक्राउ

चोरीका मोटरसाइकल सहित कञ्चनपुरमा चार जना पक्राउ

कञ्चनपुर  : मोटरसाइकल चोरी गर्दै आएका चारजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मोटरसाइकलसहित पक्राउ गरेको छ। एक साताको अवधीमा चारैजनालाई पक्राउ गरिएको हो।

मोटरसाइकल चोरीमा संलग्न कैलालीको धनगढी उपमहानगरपालीका १० का सञ्जीव राना, कञ्चनपुरको लालझाडी गाँउपालिका ४ का करण चौधरी, भीमदत्त नगरपालिका १८ का रक्की चौधरी र सोही नगरपालीकाका सुभाष डगौरालाई मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक गणेश गणेशबहादुर बमले बताए।

'विभिन्न व्यक्तिका मोटरसाइकल चोरी भएको सूचना कार्यालयमा दिएपछि प्रभावकारी रुपमा प्रहरी परिचालन गरी खोजबिन गर्यौँ' उनले भने, ‘चोरीका मोटरसाइकल धनगढी, बेलडाँडी र बेदकोट क्षेत्र बाट बरामद गरेका छौँ।’ मोटरसाइकलसहित पक्राउ परेका चारै जनामाथि अनुसन्धानको कार्य भइरहेको उनले बताए।