नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा नयाँ खोज गर्दै

नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा नयाँ खोज गर्दै

नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा नयाँ–नयाँ खोज तथा अनुसन्धान गरिरहेको नासाले जनाएको छ।

क्युरियोसिटी रोभर रोवोटिक यन्त्र हो। यो सात वर्ष अगाडि मंगल ग्रहमा पुगेको हो। यस यन्त्रले अहिलेसम्म हजारौं फोटोहरु पठाइसकेको छ।

यसले १३ माइल अर्थात् २१ किलोमिटरको दुरी पार गरेको छ। यो यन्त्र १२ सय ७ फिट पहाडमा चढेको छ।

हाल यो यन्त्र बसिरहेको स्थान माउन्ट सार्प हो। माउन्ट सार्प मंगल ग्रहको गाले क्रेटर अर्थात् त्यहाँको सुख्खा तलाउमा पर्दछ।

Image result for mars

मंगल ग्रह

यतिबेला यस क्युरियोसिटी रोभरले त्यही सुख्खा तलाउको अध्ययन गरिरहेको छ। यसले उक्त तलाउको सुख्खा माटोको २२ वटा नमूना संकलन गरिसकेको नासाको भनाइ छ।

यस अध्ययनबाट मंगल ग्रहको पानी कसरी सुक्यो भनेर पत्ता लगाउन सकिने वैज्ञानिकहरु बताउँछन्। एजेन्सी