साफ यू–१५ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ यू–१५ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

 भारतमा आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । 

घोषित टोलीको गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी छन् । डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु र रोशन थापा छन् । मिडफिल्डमा जन्म जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाई छन्। 

यस्तै फर्वाडमा किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी र शंशाक बोहरा छन् । साफ च्याम्पियनसिप अगस्ट २१ देखि भारतमा हुँदैछ । नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ । त्यसपछि बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।