नेपाल वायुसेवा निगमको समस्या र आगामी कार्यदिशा पहिचान गर्न नेपाल वायु सेवा सुधार सुझाव कार्यदल गठन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पाँच जिम्मेवारी दिएर पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
पूर्व सचिव सुशिल घिमिरेको संयोजकत्वमा गठित कार्यदलमा लेखा विज्ञ प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, क्याप्टेन सुधिर शमशेर राई र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
कार्यदलले निगम सुधारका लागि अहिलेसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण, वित्तिय अवस्थाको अध्ययन, निगमका विभिन्न पक्षका समस्या पहिचान, निगमका अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाउने र कार्यदलले देखेका अन्य सुझावहरु समेत पेश गर्ने जिम्मेवारी दिइएको छ ।
योगेश भट्टराई मन्त्री नियुक्त भएपछि मन्त्रालय स्तरीय यो पहिलो निर्णय हो ।