ग्यासको मूल्य घट्यो, पेट्रोल–डिजेलको बढ्यो

ग्यासको मूल्य घट्यो, पेट्रोल–डिजेलको बढ्यो

नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको छ। घटेको मूल्य अनुसार अब ग्याँसको सिलिन्डरको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ।

तर निगमले पेट्रोल र डिजेलको मूल्य भने वृद्धि गरेको छ। मंगलबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा मूल्य बढाएको छ।

बढेको मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १०९ र डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

हवाई ईन्धनको खुद्रा बिक्री मूल्य भने यथावत छ।

मूल्य बढेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यभन्दा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो हुने निगमले जनाएको छ।