दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

धनगढी–अत्तरिया निर्माणाधीन ६ लेन सडकको बोराडाँडी मैदा मिल नजिक मंगलबार राति बिपरित दिशाबाट आइरहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । 
दुर्घटनामा मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १ का सुरज कुँवर रहेको प्रहरीले जानकारी दिएको छ । धनगढीबाट अत्तरिया तर्फ जाँदै गरेको से ७ प १४६८ नम्बरको मोटरसाइकलमा रहेका कुँवरले सोही दिशामा जाँदै गरेको ना ७ ख ११५७ नम्बरको ट्रकलाई ओभरटेक गर्दा बिपरित दिशाबाट आइरहेको से ५ प १४१८ नम्बरको मोटरसाइकलसित ठोक्किएको र ठोक्किएपछि कुँवर सो ट्रक मुनि परेपछि ट्रकले च्यापिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार गम्भीर रुपमा घाइते भएका कुँवरलाई उपचारका लािग सेती अस्पताल पु¥याइएको र अस्पतालमै उनको मृत्यु भएको हो ।