नेपाल आईस समर म्युजिकल नाईट २०७६ धनगढीमा हुने

नेपाल आईस समर म्युजिकल नाईट २०७६ धनगढीमा हुने

धनगढी : धनगढीमा नेपाल आईस समर म्युजिकल नाईट २०७६ हुने भएको छ । आउँदो साउन २४ गते शुक्रबार धनगढीको आफ्नो घर टेम्पल रिर्सोटमा नेपाल आईस समर म्युजिकल नाईट हुन लागेको हो ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती तथा नाचगान सहितको म्युजिकल नाईट हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

नेपाल आईसको मुख्य प्रायोजनमा हुने कार्यक्रम शुक्रवार ६ बजेदेखि सुरु हुने आयोजक समितीका संयोजक दिनेश भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल आईडलका प्रतिस्पर्धीहरु रवि शर्मा, सुमित देउवा, रमेश अर्याल लगायतका कलाकारहरुको सांगितीक प्रस्तुती रहने संयोजक भण्डारीले बताउनुभयो ।