डाेटीमा अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डाेटीमा अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा  एक जना पक्राउ

डोटी : डोटीमा बाेल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय दिपायलले एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका-३ बस्ने ३१ वर्षीय मधु माझी रहेका छन् । उनले पिपल्लामा रहेकी बोल्न नसक्ने अपाङ्गता भएकी ५४ वर्षीया एक महिलालाई जबरजस्ती गरेकाे प्रहरीले जनाएकाे छ ।

पीडित महिलाकी आमाले माझीविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेका छौँ, आवश्यक अनुसन्धान भइरहेको छ ।

आराेपित माझीले रक्सी पिएर बाेल्न नसक्ने ती महिलालाई राति उनकै घरमा राती पसेर जबरजस्ती करणी गरेको आरोप छ । महिलाले आफ्नी आमालाई घटनाबारे इशाराले बताएपछि घटना बाहिर आएको हो ।