अटो र जिप ठोक्किदा तीन जना गम्भीर घाइते

अटो र जिप ठोक्किदा तीन जना गम्भीर घाइते

धनगढी : धनगढीको निर्माणाधीन छ लेन सडकमा सोमबार विहान अटो र जिप ठोक्किदा तीन जना गम्भीर घाइते भएका छन् । 

ना ३ स ५५६६ नम्बरको अटो र से १ च ८२३ नम्बरको ग्यास सिलिण्डर बोकेको जिप एक आपसमा ठोक्किदा अटोमा सवार तीन जना घाइते भएका हुन । घाइते हुनेमा जनकलाल डङ्गौरा, उर्मादेवी डङ्गौरा र रुपादेवी चौधरी घाइते भएका छन् ।

उनीहरुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चार जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । जिप चालक तारासिंह साउँदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।