क्यानाडामा भइरहेको ग्लोबल टी–२० क्रिकेटमा नेपाली बलर सोमपाल कामीले डेब्यु गरेका छन् । पहिलो पटक पहिलो पटक विदेश फ्रेन्चाईज क्रिकेटमा डेब्यु गर्ने क्रममा सोमपालले विनिपेग होक्सबाट खेलेका हुन् ।
एडमोन्टन रोयल्सविरुद्व सोमपालले डेब्यु खेलमा ब्याटिङ र बलिङ दुवै गर्न पाए पनि सफल हुन सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका सोमपालले ५ बल खेल्ने अवसर पाए । तर मात्र १ रन बनाए । त्यस्तै बलिङतर्फ पनि उनले २ ओभर बलिङ गर्न पाए ३३ रन दिए । विकेट लिन पाएनन् ।
यस्तो छ नतिजा
खेलमा होक्स ले ८ विकेटले पराजित भयो । होक्सले पहिले ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा १९५ रन बनाए । साइमन अन्वरले ३५ बलमा ६२ तथा कप्तान जेपी डुमिनीले ३१ बलमा नटआउट ४८ रन बनाए । रोयल्सका शदाब खानले ३ विकेट लिए
जवाफमा रोयल्सले १७.४ ओभरमा २ विकेटको नोक्सानीमा विजयी लक्ष्य पूरा गर्यो । ओपनर अंशुमन रथले ५० बलमा नटआउट ८७ रन बनाए । कप्तान मोहम्मद हाफिजले ३० बलमा ५५ रन बनाए ।