वर्षाको नेपालका लागि दोस्रो पदक

वर्षाको नेपालका लागि दोस्रो पदक

धनगढी । जापानको हिमेजी शहरमा शनिवार सम्पन्न केयुकाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमकी वर्षा साँउदले रजत पदक जितेकी छन् ।
वर्षाले एक साताको अवधिमा जापानमा जितेको यो दोस्रो पदक हो । गतसाता जापनकै तोयोका शहरमा भएको प्रतिस्पर्धामा उनले कास्य पदक जितेकी थिईन ।
सिनियर महिला कुमितेतर्फ ६१ किलोमुनीको तौल समूह अन्तर्गत भएको प्रतिस्पर्धामा साउँदले रजत पदक जितेकी हुन् ।
पहिलो चरमा बाई र दोस्रो चरणमा घरेलु खेलाडीबाट वाकओभर पाएकी वर्षाले सेमिफाईनलमा बेलायतकी तनेशा वालगेविनलाई ५–० ले हराएकी थिईन ।
तर फाईनलमा डेनमार्ककी टिना स्लटसंगको प्रतिस्पर्धामा २–३ को झिनो अन्तरमा पराजीत भएपछि वर्षाले रजत पदकमै चित्त बुझाउनु प¥यो ।
कातातर्फ वर्षाले पाँचौ स्थान हात पारिन । स्वर्ण पदक बिजेता जापानी खेलाडी ताकाशीमा होनामीसंग क्वार्टरफाईनलमा २–३ को अन्तरले पराजित भएपछि उनी कातामा पदक बिहीन भईन ।