परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा अछाममा काँग्रेस वडा सभापती पक्राउ

परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा अछाममा काँग्रेस वडा सभापती पक्राउ

अछाम : परस्त्रीसँग अनैतिक  सम्बन्ध राखेको अभियोगमा अछामका एक जना काँग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।अछामको पञ्चदेवल विनायक नगरपालिका–६, का काँग्रेस वडा सभापति मोहन रावल पक्राउ परेका हुन् । उनलाई शुक्रबार पक्राउ गरिएको स्रोतले जनाएको छ ।

उनले सामुदायिक सिकाई केन्द्रकी एक कर्मचारीसँग अनैतिक  सम्बन्ध राखेको आरोप छ । ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको बुझिएको छ । उनीहरु दुईजनाबीच भएको अन्तरंग कुराकानी बाहिरिएपछि यसको रहस्य खुलेको हो । उनीहरुबीच भएको अन्तरंग कुराकानीको अडियो सार्वजनकि भएसँगै रावललाई विनायक प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबीच भएको कुराकानीको ६ मिनेट २९ सेकेण्ड लामो अडियो अहिले भाइरल भएको छ ।प्राप्त अडियोमा उनीहरुबीच केहीदिन पहिले र शारीरिक सम्बन्ध भएको र केहीदिनपछि फेरि ‘भेट्ने’ सल्लाह भएको देखिन्छ ।

फोनमा रावलले ‘आज आउँ कि के गरम भन’ भनेका छन् । जवाफलमा ती महिलाले ‘खाट बेस्सरी चुउँछौ भनेकी छन् । यस्तै, ‘आज सन्चो पनि छैन । पहिरो जाला, बाटो अफ्ठेरो छ, चार पाँच दिन पर्खेउ’ भन्ने जवाफ दिएकी छन् ।

साथै, दुई  तीन दिन रोपाईँमा व्यस्त हुने भएकाले त्यसपछि भेटौँला भन्ने महिलाको प्रस्ताव गर्छिन् ।यस्तै, ती महिलाले ‘घर पत्नी लाई फोन गर्यौ कि नाइँ कि छोड्देउ  भन्दै जिज्ञासा समेत राखेकी छन् ।

उनीहरुबीच ती महिलाले भारतबाट पतिले पैसा पठाएको विषयमा पनि कुराकानी भएको छ ।४० र ५० बजार पैसा पaठाएको र निकाल्न जान नपाएको तथा उताबाट मेसेन्जरमा नम्बर पठाइदिएको ती महिलाले उल्लेख गरेकी छन् ।

कसरी बाहिरियो अडियो 

स्रोतका अनुसार ती महिलाको मोबाइलमा अटो रेकर्ड सिस्मट थियो । जसका कारण उनीहरुबी भएको कुराकानी रेकर्ड भयो ।

चार्जमा लगाएको मोबाइल ती महिलाका देवरले खोलेर हेर्दा अन्तरंग अडियो फेला पारेका थिए । त्यसपछि घटना बाहिर आएको हो ।  साभार : दैनिक नेपाल