१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को लागि अखिल नेपाल फुटबल संघ एन्फाले ४५ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणका लागि बोलाएको छ ।
साग फुटबलमा यू-२३ टिममा सिनियर टिमबाट गोलरक्षक किरण चेम्जोङ, बिक्रम लामा, सुजल श्रेष्ठ रोहित चन्द र नवयुग श्रेष्ठ रहेका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४५ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन् । एन्फाले सागको लागि मुख्य प्रशिक्षकमा महर्जन, सहायक प्रशिक्षकमा राजेश मानन्धर र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्रलाई जिम्मेवारी दिएको छ ।
प्रारम्भिक टिम :
गोलरक्षक : किरण चेम्जोङ, अर्पण कार्की, रोमन रसाईली, दिप कार्की, देव लिम्बु, प्रदिप भण्डारी, अभिषेक बराल
डिफेन्डर : अशिम भुशाल, विश्वाष उदाश, बिक्रम लामा, सुमन अर्याल, दिनेश राजबंशी, विकास खवास, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु, अमित तामाङ, अनन्त तामाङ
मिडफिल्डर : हेमन्त थापा मगर, रोशन पहारी, सेसेहाङ आङ्देम्बे, सुनिल बल, नितिन थापा, तेज तामाङ, सुजल श्रेष्ठ, एरिक विष्ट, अरुज सिंह, बिक्रम लामा, अशोक थापा, विजय श्रेष्ठ, सुजल श्रेष्ठ, दिपेश आले मगर, अन्जन बिष्ट, सुशान्त श्रेष्ठ, राम चन्द्र वाजी
स्ट्राइकर : विमल घर्ति मगर, धिरज श्रेष्ठ, रोजश परियार, नवयुग श्रेष्ठ, मिक्चेन तामाङ, अभिषेक रिजाल, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चान, पुजन उपरकोटी