नेकपा अध्यक्ष दाहाल परिवारसहित यूएई प्रस्थान

नेकपा अध्यक्ष दाहाल परिवारसहित यूएई प्रस्थान

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नु भएको छ । 

अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सीता दाहाल, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित यूएई प्रस्थान गर्नु भएको हो । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण गरिएको दाहालकाे पारिवारिक स्रोतले जनाएको छ ।

पाँच दिने यूएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ । अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराउनु भएको थियो ।  

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ्य परीक्षणका लागि आउँदाे शनिबार सिंगापुर जाने कार्यक्रम तय भएकाे छ । अध्यक्षद्धय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्ता पछि सारिएको छ ।