विदेशको अपरिचित नम्बरबाट आएको कल नउठाउनुहोस्

विदेशको अपरिचित नम्बरबाट आएको कल नउठाउनुहोस्

मोवाइल तथा टेलिफोन नम्बरहरुमा विदेशका अपरिचित नम्बरहरुबाट पटक पटक मिस्डकल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सचेत हुन आग्रह गरेको छ । 

प्राधिकरणले मोवाइल तथा टेलिफोन प्रयोगकर्ताहरुलाई विदेशको अपरिचित नम्बरबाट आएको फोन नउठाउन सचेत गराएको छ ।

साथै त्यस्ता नम्बरबाट आएको मिस्डकलमा कलब्याक नगर्न पनि प्राधिकरणले सचेत गराएको छ । विदेशबाट आएका अपरिचित नम्बरमा कलब्याक गर्दा ठगिने सम्भावना हुने प्राधिकरणले जनाएको छ । 

Wangiri Scam (One Ring Scam) भनिने यस्तो मिस्डकल विगतमा पनि देखिने गरेको र अहिले पनि देखिन थालेपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई रोकथामको लागि पनि निर्देशन दिएको छ । 

प्राधिकरणले त्यस्ता अपरिचित नम्बरबाट फोन र मिस्डकल आएको खण्डमा प्राधिकरणको ईमेल ठेगाना [email protected] वा [email protected] मा जानकारी गराउन अनुरोध गरेको छ ।