टी २० आईमा ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक

टी २० आईमा ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक

ज्ञानेन्द्र मल्लले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्। उनले टी २० आईमा नेपालबाट छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन्।

सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा ज्ञानेन्द्र बुधवार मलेसिया विरुद्धको खेलमा बल मै अर्धशतक बनाए।

नियमित कप्तान पारस खड्का पूर्ण फिट नभएपछि मलेसिया विरुद्ध कप्तानी सम्हालेका ज्ञानेन्द्रले कप्तानी इनिङ्स नै खेले। ज्ञानेन्द्रले मा २१ बलमा अर्धशतक बनाएका हुन्। उनले २१ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाए।

यसअघि मलेसिया विरुद्धको सिरिजमा विनोद भण्डारीले २५ बलमा अर्धशतक बनाएका थिए।

प्रदिप ऐरीसँग मिलेर पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गर्दै पहिलो विकेटका लागि उच्च साझेदारीको कीर्तिमान समेत बनाए। मंगलवार पारस र ज्ञानेन्द्रले कतार विरुद्ध पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए।

ज्ञानेन्द्रले आउट हुनुअघि प्रदिपसँग पहलो विकेटका लागि ६६ रनको साझेदारी गरे।

यस्तै ज्ञानेन्द्र टी २० मा अर्धशतक बनाउने पाँचौ नेपाली खेलाडी बनेका छन्। यसअघि कप्तान पारस खड्काले २ तथा ससुबास खकुरेल, सन्दिप जोरा र विनोद भण्डारीले १-१ अर्धशतक प्रहार गरेका छन्।