कैलालीमा जिप दुर्घटना हुदा ६ जना घाईते , एक जनाको अबस्था गम्भिर

कैलालीमा जिप दुर्घटना हुदा ६ जना घाईते , एक जनाको अबस्था गम्भिर

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढ्रीतोलामा जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।

बैतडीको पञ्चेश्वरवाट धनगढी तर्फ आउदै गरेको से १ ज १०७८ नं जिप आज बिहान ८ बजेतिर बुढितोला नजिकै श्रीभावरमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घाईते मध्ये एक जनाको अबस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले जानकारी दिए । घाईते हुनेमा हजारी चन्द , दुर्गा चन्द , जनक चन्द , रमेह चन्द , शिव कडेल र यमकान्त भुषाल रहेका छन् । उनीहरुको ठेगाना भने नखुलेको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटना स्थलमा रहेकाले घटनाबारे थप विवरण आउँन बाकि रहेको डिएसपी बिष्टले बताए ।