बैतडीमा जिप दुर्घटना हुदा एकको मृत्यु दुई घाइते

बैतडीमा जिप दुर्घटना हुदा एकको मृत्यु दुई घाइते

बैतडीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पर्ने बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । दुर्घटनामा परि घाइते भएका दार्चुला महाकाली नगरपालिका–९ दत्तुका हिक्मत सामन्त रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए । सामन्तलाई थप उपचारका लागी डडेल्धुरा अस्तपाल लगिएको उहाले जानकारी दिए । दाुर्चलाबाट धनगढी जाँदै गरेको ग १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर पाटन नगरपालिका–८ खोड्पेको बन्तड भन्ने भीरमा जिप दुर्घटना भएको हा े। जिप सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव भीरमा अड्किएको छ । त्याहा कुहिरो र पानी परिरहेकाले शव निकाल्न असहज भइरहेको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक बोगटीले बताए । दुर्घटना के कारण भयो भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।