धनगढी : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा एक्सपर्ट ईन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । साउन ९ र १० गते धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा प्रतियोगिता हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्के्टिङ म्यानेजर हरि चौधरीले स्नातक तहमा पढ्ने छात्र र छात्राको फुटसल प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो । प्रतियोगिताको छात्र छात्रा तर्फका विजेताले नगद १० हजार सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएस शत प्रतिशत छुटमा पढ्न पाउनेछन् ।
छात्र र छात्रा तर्फका उपविजेताले नगद ५ हजार सहित सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएसमा ५० प्रतिशत छुटमा पढ्न पाउनेछन् । सहभागी कलेजहरुको टुङगो लागेपछि वुधवार खेल तालिका सार्वजनिक गर्ने आयोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्के्टिङ म्यानेजर हरि चौधरीले बताउनु भएको छ ।