गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम टुंग्याउन आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य नपुगेको भन्दै आज १ बजे बस्ने भनिएको सचिवालय बैठक साउन ९ गतेसम्मका लागि स्थगित गरिएको हो ।

आज बस्ने नेकपाको सचिवालय बैठकले विभागको नेतृत्वको नाम सचिवालयमा पेश गर्ने भनिएको थियो । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विभागलगायत अन्य संगठनको बारेमा छलफल जारी राखेका छन् ।