सरकारले जनताको इच्छा आकांक्षा अनुरुप काम गर्नुपर्छः रावल

सरकारले जनताको इच्छा आकांक्षा अनुरुप काम गर्नुपर्छः रावल

अछाम : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले सरकारले जनताको ईच्छा आकांक्षा अनुरुप काम गर्नु पर्ने धारणा ब्यक्त गरेका छन् । 

साँफेबगरमा प्रेस संगठन नेपाल जिल्ला समिति अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता रावलले दुई तिहाई बहुमत भएको वर्तमान सरकारले  देश र जनताका अपेक्षा आकांक्षा अनुसार देश विकासमा अगाडि बढ्नु पर्नेमा पर्ने धारणा ब्यक्त गरे । 

सरकारको प्रतिपक्षको भूमिका रहेको भन्ने जिज्ञासाको जवाफ दिँदै नेता रावलले आफूले सरकारको प्रतिपक्ष भन्दा प्रतिरक्षा गरिरहेको धारणा ब्यक्त गरे । 

उनले आफू कम्यूनिष्ट पार्टीको सदस्यता लिएसँगै स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमानको पक्षमा अडिग रहेको पनि बताए । यी मुद्दामा आफू सरकारमा रहे पनि वाहिर रहे पनि  अडिग रहेको उनको भनाई थियो ।