बिषयगत समितिको बैठकमा उपस्थित हुदैनन् सुदुरपश्चिम प्रदेशका शिर्ष नेता

बिषयगत समितिको बैठकमा उपस्थित हुदैनन् सुदुरपश्चिम प्रदेशका शिर्ष नेता

धनगढी : प्रदेश सभाबाट पारित हुने विधेयकहरुमा दफावार छलफल हुने बिषयगत समितिका बैठकहरुमा दलका शिर्ष नेताहरुको उपस्थिति कम हुने गरेको पाइएको छ । प्रदेश सभाको प्रदेश मामिला तथा विधायन समितिमा सभापतिको चयन भएपछि ३४ वटा बैठक सम्पन्न भएका छन् ।

यस वीचमा समितिले प्रदेशको सुशासन सम्बन्धी विधेयक, प्रदेश सभा  सचिव र सचिवालय ब्यवस्थापन सम्बन्धी विधेयक जस्ता महत्वपूर्ण विधेयकहरुमाथि दफावार छलफल गरेको छ । समय अभावका कारण प्रदेश सभामा बिस्तृत छलफल गर्न नपाइने हुँदा बुदाँगत रुपमा बिषयगत समितिहरुमा नै छलफल हुने गर्छ । तर यस्ता महत्वपूर्ण छलफल हुने संसदीय समितिका बैठकमा दलका शिर्ष नेताहरुको कमजोर उपस्थिति रहेको छ । 

प्रदेश सरकारको कामकाजलाई छरितो बनाउन आवश्यक पर्ने कानून बनाउन प्रदेश सभाका बिषयगत समितिहरुको महत्वपूर्ण भूमिका हुन्छ । प्रदेश मामिला तथा विधायन समिति अझ महत्वपूर्ण समिति हो । गत बर्षको भदौमा समितिको सभापतिमा नेकपाका सांसद नेपालु चौधरी चयन भएपछि मात्रै ३४ बैठक भएका छन् ।

३४ बैठकमा प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहनुभएका डा. रण बहादुर रावल सबैभन्दा कम उपस्थित हुनुभएको छ । विधायन समितिका सदस्य डा. रावल ३४ मध्ये १७ बैठकमा अनुपस्थित हुनुहुन्छ। 

प्रदेशमा सुशासन कायम राख्न महत्वपूर्ण मानिने सुशासन सम्बन्धी विधयकमाथिको दफावार छलफल भएका कुनै पनि बैठकमा डा. रावलको उपस्थिति थिएन । यस्तै प्रदेश सभाको सचिव र सचिवालय ब्यवस्थापन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा पनि डा. रावल उपस्थित हुनुभएन ।

यो विधेयकले सचिवालय ब्यवस्थापन समितिको सदस्यमा पदमा प्रमुख प्रतिपक्षी दलको नेता रहने प्रावधान हटाइएकोमा नेपाली कांग्रेसले विरोध समेत गरेको थियो । दफावार छलफलका क्रममा प्रतिवेदन तयार गर्दा सो प्रावधान राख्न सकिने अवस्था भएपनि डा. रावलको अनुपस्थितिका कारण सो विषमा छलफल नै भएन ।

प्रदेशको लोक सेवा अआयोग गठन सबन्धमा ब्यवस्था गर्न बनेको विधेयकक माथिको छलफलका क्रममाा पनि डा. रावल उपस्थित हुनुभएन । यस्तै नेकपाको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ पनि विधायन समितिको बैठकमा कमै मात्र जानुहुन्छ ।

उहाँले सभापति चयन भएपछिका नौ वटा बैठकमा उपस्थिति जनाउनुभएको छैन् । विधायन समितिमा प्राय सबै दलका शिर्ष नेताहरु सदस्य छन् । “कोही कतै, कोही कतै, जाने, बैठकमा नआउने कारण धेरै पटक कोरम नपुगेर बैठक नै स्थगित गरेर हिँडेको छु”– विधायन समितिका सभापति नेपालु चौधरीले भन्नुभयो ।