क्यान्सरपीडित सिंहलाई नेपाल बजार बिक्रि प्रतिनिधि संघद्धारा ७० हजार भन्दा बढी आर्थिक सहयोग

क्यान्सरपीडित सिंहलाई नेपाल बजार बिक्रि प्रतिनिधि संघद्धारा ७० हजार भन्दा बढी आर्थिक सहयोग

धनगढी : क्यान्सरपीडित क्रिकेट खेलाडी केशव सिंहलाई नेपाल बजार बिक्रि प्रतिनिधि संघ केन्द्रिय कमिटीले ७० हजार २ सय ३६ रुपैयाँ सहयोग गरेको छ । आइतबार एक कार्यक्रमकाबीच क्यान्सरपीडित डडेल्धुराका क्रिकेट खेलाडी सिंहको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

नेपाल बजार बिक्रि प्रतिनिधि संघ केन्द्रिय अध्यक्ष सुर्य पराजुलीले उक्त रकम को चेक उनको परिवारलाई हस्तान्तरण गरेका हुन । उक्त संघले विगत लामो समयदेखि यस्ता दुःख र पीडामा परेका व्यक्तिलाई सहयोग गर्दै आएको पनि उनले बताए । साथै उनको उपचारका लागि फेरी पनि सहयोग जुटाउने काम भइरहेको उनले बताए ।

यस्तै संघका उपाध्यक्ष धुब्रराज कार्कीले पनि आगामी दिनमा पनि उनको उपचारका लागि बिभिन्न व्यक्तिहरु सँग सहयोग माग्ने बताए । कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएको छ ।

शल्यक्रिया खर्चवापत करिब १५ लाख रुपैयाँ लाग्ने भएपछि उनले सहयोगको अपिल गरेका हुन । विगतमा भन्दा अहिले सिंहको स्वास्थ्यमा सुधार भएको उनको परिवारले जनाएको छ । यस भन्दा अगाडी पनि केशबको उपचारका लागि उक्त संघले एक लाख ७० हजार भन्दाँ बढी सहयोग गरिसकेको छ ।