१२ वर्षीया छोरीलाई बलात्कार गर्न भन्दै आफ्नै आमाले स्थानीय एक पुरुष लगाए पछि भयो यस्तो

१२ वर्षीया छोरीलाई बलात्कार गर्न भन्दै आफ्नै आमाले स्थानीय एक पुरुष लगाए पछि भयो यस्तो

धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ।भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ।

रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन्।

दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन्। 

‘दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन्। उल्टै मलाई गाली गर्थिन्। प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिनेलगायत अनेकखाले धम्की दिइन्थ्यो।’ यो खबर आजको नागरिक दैनिकमा छ।