सबैभन्दा पवित्र दिन आज साउनको पहिलो सोमबार, बिहानै यी कार्य गरे लाभ

सबैभन्दा पवित्र दिन आज साउनको पहिलो सोमबार, बिहानै यी कार्य गरे लाभ

आज साउनको पहिलो सोमबार (आज, साउन ६ गते) जसलाई सबैभन्दा पवित्र दिनको रुपमा चिनिन्छ । आज बिहानै उठेर स्नान गरिन्छ । त्यसपछि आफ्नो नजिकको शिवलयमा दर्शन गर्न पुगिन्छ । पशुपतिनाथ मन्दिर लगायतका देशभरीका शिवालयमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । बिहानै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।

पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।

साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।