जब एक सामान्य किसानलाई साङ्लोले यसरी करोडपति बनायो ! अहिले अरुले पनि सिको गर्न थाले

जब एक सामान्य किसानलाई साङ्लोले यसरी करोडपति बनायो ! अहिले अरुले पनि सिको गर्न थाले

हरेक नेपालीको भान्सामा साङ्लो एक ठुलो समस्या हुने गर्दछ । यसलाई मार्नकै लागि हामीले अनेकौं विषादी प्रयोग गर्ने गर्छौं । त्यो विषादीले हाम्रो स्थास्थ्यमा पनि प्रतिकुल असर गर्छ । यो सँगै विषादी किन्न पैंसा पनि टन्नै खर्च गर्नुपर्छ ।

अब भने साङ्लो मार्नुभन्दा त्यसलाई बिक्री गरेर आम्दानी गर्न सकिने काइदा पत्ता लागेको छ । सुन्दा आश्चर्य लाग्ला तर उत्तरी छिमेकी राष्ट्र चीनमा साङलाको बिक्रीबाट मानिसहरु करोडपति भइरहेका छन ।

अहिले चीनमा साङ्लाको व्यवसायिक खेती समेत हुन थालेको छ । चिनियाँ किसान झुउ होइ व्यवसायिक रुपमा साङ्लोको खेती गर्ने पहिलो चिनियाँ किसान मानिन्छन् । उनी सन् २०१३ देखि साङ्लाको खेतीमा संलग्न छन् । साङ्ला बिक्री गरेर उनले करोडौं कमाइसकेका छन् । अहिले उनले गरेको काम अन्य मानिसले पनि गर्न थालेका छन् ।

साङ्लोको खेती गर्दा धेरै मानिसहरुले उनलाई ‘पागल’ समेत भनेका थिए । तर त्यतिबेला उनलाई ‘पागल’ भन्नेहरु नै अहिले साङ्लोको व्यावसायिक खेतीमा लागेका छन् । विभिन्न प्रकारका औषधी उत्पादनमा साङ्लोको प्रयोग हुने गरेको छ ।

साथै मानिसहरुले साङ्लोबाट बन्ने परिकार पनि विशेष रुचीका साथ खाने गरेका छन् । चीनमा साङ्लाको अचार मासुभन्दा पनि महङ्गो मूल्यमा बिक्री हुने गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । साङ्लोबाट विशेष प्रकारको वाइन पनि बनाउन सकिन्छ, यो पनि उस्तै महंगो पर्ने गर्दछ ।