सुदूरपश्चिममा नेकपाका कोको भए जिल्ला इन्चार्ज र सहइन्चार्ज हेनुहोस् ?

सुदूरपश्चिममा नेकपाका कोको भए जिल्ला इन्चार्ज र सहइन्चार्ज हेनुहोस् ?

धनगढी : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् । आज बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो ।

कैलाली जिल्ला ईन्चार्जको जिम्मेवारी रुपा चौधरीलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी मदन कुमारी शाह, झपट बहादुर रावल,नारदमुनी राना, बीरमान चौधरी, महेश्वर पाठक, लिला कुमारी भण्डारी र हरीनारायण चौधरी दिइएको छ ।

त्यस्तै कञ्चनपुरमा विक्रम शाहीलाई ईन्चार्जको जिम्मेवारी दिईएको छ भने सह ईन्चार्जको जिम्मेवारी देबीलाल चौधरी, निरुदेबि पाल, राजेन्द्र रावल, राम कुमार ज्ञवाली र लाल बहादुर बिश्वकर्मा दिइएको छ । अछाममा इन्चार्जको जिम्मेवारी तारामान स्वारलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी  शरदसिह भण्डारीलाई दिइएको छ ।

डडेल्धुरामा इन्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी  निरा देबि जैरुलाई दिइएको छ । डोटीमा इन्चार्जको जिम्मेवारी प्रम बहादुर आलेलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी  गौरी ओलीलाई दिइएको छ । बझाङमा इन्चार्जको जिम्मेवारी भैरब बहादुर सिंहलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी  देबराज रेग्मीलाई दिइएको छ ।

त्यस्तै बाजुरामा इन्चार्जको जिम्मेवारी लाल बहादुर थापालाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी  प्रकाश बहादुर शाहलाई दिइएको छ । यसैगरी दार्चुलामा इन्चार्जको जिम्मेवारी गणेश ठगुन्नालाई दिइएको छ । बैतडीमा इन्चार्जको जिम्मेवारी नरेन्द्र बहादुर कुवरलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी पुरन सिंह दयाल र रेणु चन्दलाई दिइएको नेकपा सचिवालयले जानकारी दिएको छ ।