अत्तरीयाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा ताला

अत्तरीयाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा ताला

धनगढी : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । क्याम्पस प्रशासनले मनोमानी ढङ्गले बिधार्थीहरुवाट शुल्क असुलेको भन्दै वैद्य निकट अखिल क्रान्तिकारीले आइतबार बिहान क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको हो ।

शुल्कबृद्धि घटाउन दोस्रो पटक ७२ घण्टे अल्टिमेटम दिँदा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले बताए ।

उनले क्याम्पस प्रशासनलाई बिधार्थीहरुवाट मनोमानी ढङ्गले शुल्क असुल्ने काम तत्काल बन्द गरी सबैलाई सहज हुने किसिमले शुल्क तोक्न आग्रह गरे । उनले आफ्ना मागहरू पुरा नहुँदा सम्म तालाबन्दी जारी रहने र यसबाट बिधार्थीहरुको पठनपाठनमा भने कुनै बाधा अवरोध नहुने बताए ।

यता दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्बर बहादुर पालले शुल्क वृद्धि गरेको नभई गत वर्ष भदौमा निर्धारण गरिएको शुल्क नै आफूहरूले लिइरहेको बताए ।