प्रदेश सरकार ढाल्न खोज्यो भन्नु सुनियोजित हल्लाः नेता रावल

प्रदेश सरकार ढाल्न खोज्यो भन्नु सुनियोजित हल्लाः नेता रावल

धनगढी  : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले “आफूमाथि प्रदेश सरकार ढाल्न खोज्यो” भनेर सुनियोजित रुपमा हल्ला चलाइएको बताएका छन् ।

“मलाई प्रदेश सरकार ढाल्न खोज्यो भन्नु कुन्नी “‘के रडी पड्डो, अर्कादेखि आ“खा तड्डो‘” भन्ने उखान जस्तै हो” आइतबार धनगढी विमास्थलमा पत्रकारहरूसंग कुराकानी गर्दै नेता रावलले भने ।

नेता रावलले सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको धारणा बुझेर बजेट निर्माण गर्नेतिर ध्यान दिन नसकेकोले असन्तुष्टी आउनु सामान्य भएको बताए । “तर, सत्तापक्षका सांसद्हरूले बजेटको विरोधमा हस्ताक्षर अभियान गरेको बारेमा भने कुनै जानकारी भएन” उनले भने ।

नेता रावलले आफूले मुख्यमन्त्री तथा मन्त्रीहरूसंगको सामुहिक छलफलमा “विगतका कमीकमजोरीहरू सुधारेर नया“ बजेट ल्याउन सुझाव दिएको तर, बजेट बनाउने वेला ती कमीकमजोरी सुधार नगरिएकोले समस्या आएको” दाबी गरे ।

उनले अघिल्लो वर्षको बजेटमा समेत सत्तापक्षका प्रदेश सभा सदस्यहरूले “बजेटमा संशोधनको माग सहित हस्ताक्षर संकलन गर्ने तयारी गरिरह“दा आफूले पहिलो बजेट हो भनेर सम्झाएर रोकेको” बताए । भने– तर यस वर्ष फेरि पनि बजेटमा सन्तुष्ट हुनसक्ने अवस्था नभएकाले सत्तापक्षका सांसदहरूले हस्ताक्षर संकलन गर्नु भयो होला ।

उनले प्रदेश सरकारले बारम्बार गल्ती तथा कमीकमजोरी दोहो¥याउ“दै गएमा जनताको विश्वास घट्ने चेतावनी दिए ।
नेता रावल गृह जिल्ला अछाम जाने क्रममा आइतबार धनगढी आइपुगेका हुन् ।