बाजुराका ग्रामीण सडक बन्द, हवाई सेवा र टेलिफोन अनियमित

बाजुराका ग्रामीण सडक बन्द, हवाई सेवा र टेलिफोन अनियमित

बाजुरा : लगातारको वर्षापछि बाजुराका ग्रामीण सडक बन्द छन्। जिल्लाको पूर्वी उत्तर क्षेत्रको मुख्य सडक मार्तडी कोल्टी सडक, ताँप्रीसेरा ब्रमतोला,फालासेन बुढिगंगा नगरपालिका हुँदै खप्तड छेडेदह गाउँपालिका जोड्ने सडक, बेतालमाण्डौ पुडाबाउला, टाटे सडक, बेतालमाण्डौ बन्द भएका छन्।

त्रिशक्ती हुँदै जुपापानी सडक, दाब खप्तड सडक बल्दे आटिचौर हुँदै बझाङ जोड्ने सडक बाम्का हुँदै तोली, कैलाशमाण्डौ जोड्ने लगायत सडक बन्द भएका जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिएका छन्।

लगातारको पानी तथा खराब मौसमका कारण बाजुराको कोल्टी विमानस्थलबाट हुने उडान पनि अनियमित भएको छ। गम्भीर विरामीहरूलाई उपचारका लागि लानुपर्नेहरू प्रभावित भएका छन्।

कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रबाट रिफर गरेका बिरामीहरु दुई दिन पैदल हिँडेर सदरमुकाम आउनुभन्दा नेपालगञ्ज वा सुर्खेत जाने गरेका छन्।

लगातारको वर्षाका कारण बाजुराको पूर्वी उत्तर क्षेत्रको टेलिफोन सेवा पनि अनियमित भएको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा बाजुराका बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर, हिमाली गाउँपालिकाका र छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका नागरिक समस्यामा परेका छन्।