लक्ष्य भन्दा ३२ प्रतिशत बढी राजस्व संकलन

लक्ष्य भन्दा ३२ प्रतिशत बढी राजस्व संकलन

कञ्चनपुर : आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले आब २०७५र०७६ मा लक्ष्य भन्दा ३२ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।  आर्थिक बर्ष २०७५÷०७६ मा एक अर्ब ६१ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको कार्यालयले दुई अर्ब १२ करोड ८२ लाख ६६ हजार राजस्व संकलन गरेको छ ।

आब २०७४र०७५ मा राजस्व कार्यालयले  एक अर्ब ४८ करोड सात लाख ६९ हजार राजस्व संकलन गरेको थियो । जुन लक्ष्य भन्दा २४ प्रतिशत बढी थियो। सोही अवधिमा राजस्व कार्यालयलाई एक अर्ब १९ करोड ३१ लाख छ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।

करदाता शिक्षामा जोड, अन्तरकार्यालय संगको समन्वय, कर अशुलीमा कडाई लगायतका कार्यले राजस्व संकलन लक्ष्य भन्द निकै बढी संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताउनु भएको छ ।