अघोषित विद्युत् कटौतीका कारण धनगढीवासी मर्कामा

अघोषित विद्युत् कटौतीका कारण धनगढीवासी मर्कामा

धनगढी : अघोषित विद्युत् कटौतीका कारण धनगढीवासी मर्कामा परेका छन् । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले ५र५ मिनेटको फरकमा विद्युत् कटौती गर्ने गरेका कारण जनजिवन प्रभावित वनेको भन्दै स्थानिय आक्रोसित वनेका छन् । यस्तै राजनितिक दलका विभिन्न भातृ संगठनहरुले प्राधिकरणको ध्यानाकर्षण गरेका छन् ।

नेपाल बिद्युत प्राधिकरणले रेर्कड सिस्टम लाई ब्यावस्थीत गराउदै अनियमित बिद्युत कटौतीको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । धनगढीमा लामो समयदेखि विद्युत् आपूर्तिमा अनियमितता हुँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् । विद्युतको प्रयोगबाट हुने सबै खाले कामका लागि विद्युत् कटौतीले प्रभाव पार्ने गरेको छ । विद्युत् कटौतीको मारमा सबैभन्दा धेरै विद्यार्थी र व्यवसायी परेका छन् ।

विद्युत् प्राधिकरणले एकै पटकमा तिन चार घण्टा र दिनमा १०र१२ घण्टा विद्युत् कटौती गर्ने गरेको छ । प्राधिकरणको हेल्चेक्र्याइका कारण लाखौका सर– सामानहरुमा क्षति पुगेको व्यवसायी बताउँछन् । केही दिन यता धनगढी क्षेत्रमा देखिएको अनियमित विद्युत् कटौतीको समस्या समाधानको लागी राजनितिक दलका विभिन्न भातृसंगठनहरुले प्राधिकरणको ध्यानाकर्षण गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीका स्थानीय अनियमित विद्युत कटौतीको मारबाट छुटकरा पाउन सकेका छैनन्। चर्काे गर्मीमा अनियमित रुपमा विद्युत कटौती गर्दा दैनिकीनै प्रभावित भएकाले दवाव शिर्जना गर्नुपरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले जनाएको छ ।

अनियमित बिद्युत कटौती वन्दगरी नियमित रुपमा बिद्युत प्रवाह हुनुपर्ने संगठनका कैलाली प्रवक्ता प्रतीक जोशीले बताउनुभयो ।  प्राविधिक गडवढीका कारण केही दिनयता विद्युत प्रवाहमा समस्या आएको नेपाल बिद्युत प्राधिकरण धनगढी बितरण केन्द्रले जनाएको छ ।

अत्तरियादेखि धनगढी लाइनमा केही दिन यता प्राविधिक समस्या देखिएका कारण अनियमित विद्युत् कटौतीको समस्या देखिए पनि मर्मतको काम सकिएसँगै शुक्रवार रातीबाट नियमित विद्युत् सुचारु भइससकेको प्राधिकरण धनगढी वितरण केन्द्र प्रमुख धिरेन्द्र यादवले बताउनुभयो ।