विवाह गर्छु भनी जबरजस्ती करणी गरेको आरोप एक जना पक्राउ

विवाह गर्छु भनी जबरजस्ती करणी गरेको आरोप  एक जना पक्राउ

धनगढी : विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । असार १० गते ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका कैलालीको कैलारी गाउँपालिका–४ के गाउँका २२ वर्षीय अरविन्द सुनार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जबरजस्ती करणी गरी फरार रहेका सुनारलाई पक्राउ गरी थप अनुसन्धान कार्य राखेको जानकारी दिनु भएको छ ।