धनगढी विस्फोट : घाइते होटेल सञ्चालक नेपालगञ्ज रेफर

धनगढी खबर    

धनगढी विस्फोट : घाइते होटेल सञ्चालक नेपालगञ्ज रेफर

धनगढी : कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका होटेल सञ्चालकलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । 

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका होटेल सञ्चालक केशवराज पाण्डेयलाई थप उपचारका लागि शुक्रबार नेपालगञ्ज रेफर गरिएको हो ।

बम विस्फोटबाट घाइते भएर धनगढीकै माया मेट्रो अस्पतालमा उपचार गराइरहनु भएका पाण्डेयको टाउकोमा बढी चोट लागेका कारण थप उपचारका लागि पठाइएको हो । घटनामा परि घाइते भएका अन्य तीन जनाको भने माया मेट्रो अस्पतालमा नै उपचार भइरहेको छ ।



शुक्रबार ०३, साउन २०७६ ०४:०५ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस