सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलाको ६५ हजार ५ सय

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलाको ६५ हजार ५ सय

सुनको मूल्य अहिलेसम्मकै महंगो भएको छ । सुनको मूल्य बढेर ६५ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यसअघि असार ६ गते तोलाको ६५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । त्यसयता प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भइररहेको थियो । तर शुक्रबार भने नयाँ रेकर्ड कायम गरेको हो ।

बिहीबार ६५ हजारमा कारोबार भएको सुनको मूल्य बढेर शुक्रबार ६५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अमेरिकाको चीन, भारत, इरान लगायतका राष्ट्रहरूसँगको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा नै सुनको मूल्य बढेकाले यसको असर नेपालमा पनि देखिएको व्यवसायीहरुले बताएका छन् ।