१६ औ एशियन सिनियर कराँतेमा सुदुरपश्चिमका चन्द सहित ७ नेपाली उत्तिर्ण

१६ औ एशियन सिनियर कराँतेमा सुदुरपश्चिमका चन्द सहित ७ नेपाली उत्तिर्ण

कैलाली : १६ औ एशियन सिनियर कराँते च्याम्पिनशिपको अवसरमा भएको एशियन कराँते महासंघको निर्णायक अपग्रेट परिक्षामा कैलालीका प्रकाश कुमार चन्द सहित ७ जना नेपाली उत्तिर्ण भएका छन् । 

विहिबार सम्पन्न परीक्षमा राष्ट्रिय गोजुरियो कराँते दो–संघ नेपालका महासचिव समेत रहेका चन्दसहित ७ जना निर्णायक अपग्रेट परिक्षामा उत्तिर्ण भएका हुन् ।

राम लामा, योग बहादुर राई, चन्द्र प्रकाश घर्ती, दिनेश महत, महेश महर्जन र रामकृष्ण लामा उत्तिर्ण भएका हुन् । उनीहरु उत्तिर्ण भएपछि नेपाल कराँते महासंघ र गोजुरियो कराँते महासंघ परिवारका निम्ती ठूलो उपलब्धि भएको कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले बताए ।

उक्त सेमिनारमा नेपाल लगायत ४३ देशका निर्णयकहरुको सहभागिता रहेको थियो । चन्दले यसअघि दिल्ली र इन्डोनेशियामा सप्पन्न भएको एसियन कराँतेका रेफ्री सम्मेलीत सेमिनारमा समेत सहभागिता जनाइसकेका छन् ।

महासचिव चन्दले भोलि र पर्सि हुने उज्बेकिस्थानमा एशियन कराँते प्रतियोगितामा समेत निर्णायकको भुमिका निर्बाह गर्ने छन् । उक्त प्रतियोगितामा नेपालबाट ६ जना खेलाडीहरुको सहभागिता रहेको छ ।