आईसीसीद्वारा जिम्बावे क्रिकेट बोर्ड निलम्बन

आईसीसीद्वारा जिम्बावे क्रिकेट बोर्ड निलम्बन

जिम्बावे क्रिकेट बोर्ड निलम्बन भएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता पाएको राष्ट्र जिम्बावे क्रिकेट बोर्डलाई सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको हो ।

जिम्बावेले अब २०२० को जनवरी ५ मा भारतसँग टि–ट्वान्टी अन्तरराष्ट्रिय सिरिज खेल्दैछ । जिम्बावेले भर्खरै मात्र आयरल्यान्डसँग एकदिवसीय र टि–ट्वान्टी सिरिज खेलेको थियो । बिहिबार बसेको आईसीसीको बोर्ड बैठकले जिम्बावेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।