धनगढी बिस्फोटः गम्भीर घाइते सिंहको मृत्यु

धनगढी बिस्फोटः गम्भीर घाइते सिंहको मृत्यु


धनगढीको शहीदगेट नजिकैको एक होटलमा बिहीबार साँझ भएको बिस्फोटमा घाइते भएका पाँच जना मध्ये एक जनाको मृत्यु भएको छ । 
घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका राम सिंहको मृत्यु भएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदीप गिरीले जानकारी दिनुभयो । सिंहको बिहीबार राति मृत्यु भएको प्रहरी उपरिक्षक गिरीले बताउनुभयो । शहीदगेट नजिकैको होटल मिलनमा भएको बिस्फोटमा परी सिंह सहित पाँच जना घाइते भएका थए । प्रहरीले सिंहले नै बम बोकेको आशंका गरेको छ । “शरीरमा भएको क्षतिको प्रकृति हेर्दा उसले नै बम बोकेको अथवा ऊ बमको एकदमै नजिक रहेको देखिन्छ”–प्रहरी उपरिक्षक गिरीले भन्नुभयो । ममृतक सिंहको साथमा रहेका कागजपत्रबाट उनी बझाङका बासिन्दा भएके बुझिएको प्रहरले जानकारी दिएको छ । उनी संगै रहेका लक्ष्मण सेरेला पनि गम्भीर घाइते भएका छन् । सेरेलाको अवस्थामा सामान्य सुधार जस्तो देखिएको पनि प्रहरीले जनाएको छ । 
घटनाका अन्य घाइतेहरुमध्ये होटल सञ्चालक केशब राज पाण्डे, जितेन्द्र यादव र ग्यारेज सञ्चालक मबीन खान खतरामुक्त रहेको र उनीहरुके स्वास्थ्यमा पनि सुधार भइरहेको प्रहरी उपरिक्षक गिरीले जानकारी दिनुभयो । “होटल सञ्चालक पाण्डे, ग्यारेज सञ्चालक खान र पशुपक्षीं ब्यवसायी संघका अध्यक्ष जितेन्द्र यादवको अवस्था खतरामुक्त रहेको छ, उहाँहरुले हामीसित कुराकानी पनि गर्नुभयो”– गिरीले भन्नुभयो । 
मृतक सिंह र गम्भीर घााइते रहेका सेरेला बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले आशंका गरेको छ । “य अघ पनि यस्ता बिस्फोटमा उनीहरुकै संलग्नता देखिएको छ, बम बिस्फोटको प्रकृति, बम बोकेर ल्याउने तरिका हेर्दा हामीले उनीहरु दुबै जना बिप्लब कार्यकर्ता भएको आशंका गरेका छौ”– प्रहरी उपरिक्षक गिरीले भन्नुभयो ।