धनगढीमा बिस्फोट हुँदा पाँचजना घाईते भएका छन्। धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा केही बेर अघि विस्फोट हुँदा पाँच जना घाईते भएको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए। घाईते मध्ये दुईजनाको अवस्था जटिल रहेको उनले बताए।
घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी नीरिक्षक पन्तले जानकारी दिए। घाईतेहरुको परिचय खुलेको छैन्।
विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। तर कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरेका छन् भने कतिपयले बम नै विस्फोट भएको अनुमान गरेका छन्। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।