लोकसेवाको फारममा ठगी गर्दै आएको स्टेशनरी सहमति पछि खुल्यो

लोकसेवाको फारममा ठगी गर्दै आएको स्टेशनरी सहमति पछि खुल्यो

कञ्चनपुर : लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि खोलिएको छ ।

लोक सेवा आयोगले विभिन्न पदमा आव्हान गरेको बिज्ञापनमा  दरखास्त आवेदन भर्ने नाममा विद्यार्थीलाई ठगेको भन्दै बुधवार बिहान कञ्चनपुरका  विद्यार्थी सङ्गठनले महेन्द्रनगरको गल्ती नगर १ स्थित विपिन बुक्स एण्ड स्टेशनर्स बन्द गराएका थिए ।

लोकसेवा आयोगले आव्हान गरेको विभिन्न तहको बिज्ञापनमा आवेदन भरेका थुप्रै आवेदकहरुले प्रवेशपत्र लिन बाँकी रहेको र उक्त प्रवेश पत्र रोकिदा थप समस्या पर्ने भएकाले सहमती गरि स्टेशनरी खोलिएको हो  । पिडित आवेदनकर्तालाई क्षेतिपुर्ती दिने सहमती बनेपछि स्टेशनरी खोलिएको बताइएको छ ।