टिकटकमा भुल्ने कर्मचारीको तलब कटौती

टिकटकमा भुल्ने कर्मचारीको तलब कटौती

टिकटकका बारेमा अनेक खालका समाचार आइरहन्छन् आज भोलि । अहिले फेरि यस्तो खबर आएको छ कि त्यो सुन्नुभयो भने तपाईं सायद अब अफिसमा टिकटकको प्रयोग नगर्ने प्रण गर्नुहुनेछ ।

घटना भारतको हो । तेलंगानाको खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएको र अरु सोसल मिडिया एप चलाएर समय बिताएको आरोपमा तलब कटौती गर्ने तथा सरुवा गरेर कारवाही गरेको छ ।

निगम प्रमुखले करारमा भर्ना गरिएका ११ जना कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश दिएका हुन् । यस्तो कारवाही भोग्ने कर्मचारीमा महिला र पुरुष दुवै छन् ।

उनीहरुलाई कार्यालय समयमा सोसल मिडियामा च्याट गरिरहेको तथा टिकटकमा भिडियो रेकर्ड गरिरहेको बेला पटक पटक फेला पारिएको थियो । साथै ती कर्मचारीले टिकटकमा अपलोड गरेका भिडियोहरु सोसल मिडियामा भाइरल हुनुका साथै टेलिभिजनमा समेत समाचार बनेको थियो ।